Breaking News

शिक्षकका माग मुख्य एजेन्डा बनाउँदै मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

Banner

काठमाडौं, बैशाख ८-

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

आजको बैठकमा जारी शिक्षक आन्दोलनको सम्बोधनका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठक बस्नुअघि राजीनामा दिएकाले शिक्षामन्त्री विद्या भट्टराई बैठकमा सहभागी छैनन् ।

अघिल्ला सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै देशभरबाट जम्मा भएका सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंमा लगातार प्रदर्शन गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>