समाचार

कञ्चनजङ्घा जाने क्रममा लेक लागेर बिरामी परेका दुई पर्यटकको उद्धार

Banner

ताप्लेजुङ, वैशाख ८-

कञ्चनजङ्घा बेस क्याम्प जाने क्रममा लेक लागेर बिरामी भएका दुई फ्रान्सेली पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

फ्रान्सेली नागरिक ४९ वर्षीय रज्जुक कैस र ७२ वर्षीया नाडिन डेनिस एन्जेल मिशेल, गएको बुधबार कञ्चनजङ्घा बेस क्याम्प गएको र सोही क्रममा लेक लागेका कारण बिरामी हुनुभएको थियो । दुवै जना फक्ताङलुङ गाउँपालिका–६ स्थित घुन्साको एक गेस्ट हाउसमा फर्किएर बसिरहनुभएको थियो ।

घटनाबारे आज इलाका प्रहरी कार्यालय घुन्सामा जानकारी प्राप्त भएपछि उद्धारका लागि प्रहरी टोली खटिएको थियो । थप उपचारका आज दिउँसो मनाङ एयरको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>