देश/प्रदेश
प्रदर्शन गर्न पाउने स्वाभाविक अधिकार खुम्च्याउन खोजियोः लिङ्देन
०

काठमाडौँ, वैशाख ७-
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लोकतान्त्रिक अधिकार खुम्च्याउन खोजेको आरोप लगाएका छन् ।
आइतबार निषेधित क्षेत्र नयाँ बानेश्वरमा प्रदर्शन गर्नुको कारणबारे उनले भनेका छन्, ‘बोल्न पाउने, लेख्न पाउने र प्रदर्शन गर्न पाउने अधिकार खुम्च्याउन खोजियो त्यसैले सरकारको नजिकै प्रतिकात्मक प्रदर्शन गरेका हौँ ।’
सिंहदारबाट बाहिरिँदै लिङ्देनले भनेका छन्, ‘हाम्रा निर्दोष नेताहरूलाई रिहाइ गर्न माग गरेका छौँ ।’