देश/प्रदेश

योगेश भट्टराईलाई सुरक्षा दिनभन्दै प्रहरीले शौचालयमा थुनेपछि…

Banner

काठमाडौँ, वैशाख ६-

नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईलाई सुरक्षा दिन प्रहरीले शौचालयमा थुनेको घटना सामाजिक सञ्जालमा भाइरल भएको छ । शुक्रबार कञ्चनजङ्घा हिरक महोत्सवको उद्घाटनका लागि गृह जिल्ला ताप्लेजुङ पुगेका उनलाई ‘नो केबलकार’ समूहले घेरा हालेपछि प्रहरीले सुरक्षा दिन शौचालयमा थुनेको थियो ।

कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेप पुगेका थिए। कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा भट्टराईविरूद्ध नो केबलकार समूह र पहिचानवादी समूहले नाराबाजी गरेका थिए।

नजिकै रहेको कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएको समयमा पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर भट्टराईविरूद्ध नाराबाजी गरेपछि परिचालन भएको प्रहरीले भट्टराईलाई सुरक्षा प्रदान गरेको थियो। भट्टराई शौचालय भित्रै रहँदा प्रहरीले बाहिरबाट चुकुल लगाइदिएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले सुरक्षा दिनका लागि केही बेर चुकुल लगाइएको बताए। केहीबेरमा प्रहरीले परिस्थिति सामान्य बनाएपछि चुकुल खोलेर भट्टराईलाई बाहिर निकाली हेलिकप्टरसम्म पुर्‍याएर काठमाडौं पठाएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>