तनहुँ

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुरमा बालिकाको मृत्यु

Banner

दमौली,चैत ३०-

तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा आज चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दश वर्षीया अनुजा विक रहेकी छिन् ।

फुपुको घरमा जाँदै गरेको अवस्थामा चितुवाको आक्रमणबाट विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय भानुको टोली घटनास्थलमा गएको छ ।

डिभिजन वन कार्यालयले घटनास्थल वरपर सबै सतर्क भइ सुरक्षित रहन आग्रह गरेको छ । कार्यालयले चितुवासँग जोगिन साँझ तथा रातिको समयमा घरगोठ उज्यालो बनाउन तथा एक्लै नहिँड्न आग्रह गरेको छ । तनहुँमा पछिल्लो केही वर्ष यता चितुवाको त्रास बढ्दो छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>