मकवानपुर
मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ
०

मकवानपुर,कात्तिक ३० –
मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको टोलीले चित्लाङस्थित प्रहरी चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो ।
प्रहरीकाअनुसार गोरखा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको सेतो रङको ओमोडा जेइकु जे ६ टी मोडलको एसयूभी गाडी जाँच गर्ने क्रममा डिक्कीमा राखिएका लगेजभित्र लुकाइएको अवस्थामा चरेसजस्तो पदार्थ फेला परेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























