चितवन विशेष

चितवनको विकास योजनासहित एमाले र कांग्रेस नेताले प्रधानमन्त्री ओली भेटे, पेस गरे २३ बुँदे योजना

Banner

चितवन, चैत २९-

चितवनका विकास योजनाहरु लिएर नेकपा एमाले र नेपाली कांग्रेसका जिल्ला नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष भेट गरेका छन् । बिहीबार साँझ भएको भेटमा उनीहरुले चितवनका तत्कालिन र दीर्घकालिन विभिन्न योजनालाई निरन्तरता दिन र नयाँ योजनामा बजेट विनियोजन गर्न प्रधानमन्त्री ओली समक्ष आग्रह गरेका हुन् । तत्कालिन, दीर्घकालिन र चालु योजनाहरुको २३ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई एमाले चितवनका अध्यक्ष कमल पाठक र नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले हस्तान्तरण गरे ।

एमाले चितवनका अध्यक्ष कमल पाठकले प्रधानमन्त्री ओली आफूहरुले पेश गरेका मागहरुमा सकारात्मक रहेको बताए । उनले भने, ‘ प्रधानमन्त्री ओलीले हामीले बझाएको माग कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने बताउनु भएको छ ।’

यस्ता छन् २३ बुँदे माग

तत्काल गर्न पर्ने र निरन्तरता दिनु पर्ने योजनाहरूः
१. नारायणी, राप्ति र रीऊ तटबन्धनका लागि पर्याप्त बजेट विनियोजन गर्नु पर्ने;
२. भरतपुर बिमानस्थल विस्तारको लागि भएको योजनालाई पूर्णता हुने गरी र रात्रिकालिन सेवा विस्तारका लागि आवश्यक पूर्वाधार पूरा गर्न पर्याप्त बजेट विनियोजन गर्नु पर्ने,
३. भरतपुर महानगरपालिका र कालिका नगरपालिकाको चक्रपथको लागि पर्याप्त बजेट विनियोजन गर्न पर्नेः
४. चितवन जिल्ला स्तरीय चक्रपथको विस्तृत संभावना अध्ययन गरी बजेट बिनियोजन गर्न,
५. भरतपुर देखी भण्डारा सम्मको उत्तराखण्डको सडक सम्पन्न गर्न बजेट बिनियोजन गर्न;
६. ठोरी देखी माडी, धुर्बघाट, घोसर घाट, नारायणी नदी हुँदै नवलपरासी तर्फ जाने तराई मदेश हुलाकी सडकलाई पर्याप्त बजेट राखी अगाडी बढाउनु पर्नेः
७. भण्डारा, मलेखु चेपाङ मार्ग स्तरउन्नति तथा कार्यसम्पन्न गर्न बजेट विनियोजन गर्नु पर्ने,
८. माडी स्थित धार्मिक एवं पर्यटकिय क्षेत्रहरू अयोद्धा धाम, सोमेश्वर गढि, गोद्दक, वाल्मीकि आश्रम लगायतका क्षेत्रहरुको संरक्षण र सम्बर्धन गर्नका लागि माडी पर्यटन विकास बोर्ड गठन गरी पर्याप्त बजेट विनियोजन गरिदिनु हुनः
९. नेपालको मध्यभागमा अवस्थित पवित्र तीर्थ स्थल आदि प्रयाग देवघाट धामलाई व्यवस्थित गराउन तीर्थका पूर्वाधार निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्न,
१०. कृषि उपज विशेषगरी दूध, केरा, मह, कुखुराको अण्डा र मासु, माछा, तरकारी, सुन्तला आदि उत्पादनमा देशकै महत्वपूर्ण हिस्सा ओघट्ने भएकाले ती वस्तुहरूको उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणको लागि पर्याप्त बजेट विनियोजन हुन र जोन सुपर जोन क्षेत्रहरू घोषणा गर्नु पर्नेः
११. भोर्ले–दाहाखानी–उप्रदाङगड़ी सडक निर्माणको लागि पर्याप्त बजेट विनियोजन गर्नु पर्ने;
१२. शक्तिखोर औधागिक क्षेत्र पूर्वाधारको काम सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गरी संचालन गर्नु पर्नेः
१३. विरेन्द्रनगर–किरणटार हुँदै ठकुरी भन्ज्याङ जाने सडक पूरा गर्न बजेट बिनियोजन गर्नु पर्ने।
१४. चितवन राष्ट्रिय निकुंजमा वर्षीदेखी बाँकी रहेको माडी बनकट्टा देखी जगतपुर सम्मको सुविधाप्राप्त बाटोलाई पक्की निर्माण गर्न बजेट बिनियोजन गर्नु पर्नेः
१५. लोथरबाट सौराहा हुँदै गोलाघाटसम्मको लोथर र राप्ति नदीलाई तटबन्धन सहितको पर्यटकिय सडक निर्माण गर्न आवश्यक बजेट बिनियोजन गर्नु पर्नेः

दीर्घकालिन योजनाहरूः
१. सप्तगंडकी बहुउद्देशिय परियोजनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्नु पर्ने।
२. त्रिशूलि–हुग्दी–शक्तिखोर बहुउद्धेश्यीय योजना विस्तृत अध्ययन गरी कार्यान्वयन गर्नु पर्ने।
३. नारायणगढ मुग्लिन सडकको वैकल्पिक मार्गको विस्तृत अध्ययन
गरी कार्यान्वयन गर्नु पर्ने।
४. भारत र चीन जोडिने छोटो बाटो केरुङ–मलेखु–भरतपुर–माडी–ठोरी लोकमार्ग निर्माण गर्न विस्तृत अध्ययन गरी कार्यान्वयन गर्नु पर्ने।
५. भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापना गरी MBBS, MD को पढ़ाई सुरुवात गर्न आवश्यक बजेट तर्जुमा गर्न ।
६. वि.पी कोईराला मेमोरियल क्यान्सर अस्पताललाई क्यान्सर अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्न बजेट विनियोजन गर्नु पर्ने ।
७. माडी सोमेश्वर गढ़ी लिच्छाविकालिन समयको भारतसंगको व्यापारको नाका थियो। हाल वागमती प्रदेश भित्र भारतसंग जोडिने भन्सार नाका नभएकाले चितवनको माडी बसन्तपुर बजारबाट सीधा भारतसंग व्यापारिक नाका कायम गर्ने आवश्यक पूर्वाधारसहित भन्सार नाकाको रुपमा विकास गर्न नीतिगत व्यवस्था र बजेटको विनियोजन गर्नु पर्ने।
८. नेपालमै रोजगारी दिन सकिने गरी दक्ष जनशक्ति तयार गर्न चितवनमा बहुप्राविधिक शिक्षालय एवम् नवप्रवर्तनका लागि चितवन आविस्कार केन्द्र स्थापना गर्न आवश्यक पहल गर्ने र बजेट विनियोजन गर्नु पर्ने।

कमलराज पाठक                                            राजेश्वर खनाल
अध्यक्षः ने.क.पा एमाले,  चितवन                  सभापतिः नेपाली कांग्रेस, चितवन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>