खेलकुद

चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा

Banner

काठमाडौँ, चैत २३-

नेपाल क्रिकेट संघ (क्यान)ले चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम टोली सार्वजनिक गरेको छ। यही अप्रिल ९ देखि १३ सम्म हङकङ चाइना को आयोजनामा हुने प्रतियोगिताका लागि क्यानले अन्तिम टोली सार्वजनिक गरेको हो।

क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । टोलीमा कप्तान रोहितसँगै दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, सोमपाल कामी, ललित राजवंशी, कुशल मल्ल, करण के।सी, बसिर अहमद, साहब आलम, नन्दन यादव, रिजन ढकाल, गुलशन कुमार झा र लोकेश बम छन् । नन्दन पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् भने बसिर र साहब दुवै सन् २०२२ पछि पहिलोपटक टी-२०आई टोलीमा फर्किएका हुन् ।

टोलीमा सन्दीप लामिछाने र अनिल शाह भने छैनन् । सन्दीप शल्यक्रियापछि रिकभर गरिरहेका छन् भने अनिल चोटका कारण टोलीबाहिर छन् । प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार सहभागी हुनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>