चितवन विशेष

चैत २९ देखि नारायणघाटमा ‘मेड इन नेपाल एक्स्पो र फुड फेस्टिभल’ हुने

Banner

चितवन, चैत २२–

नयाँ वर्षलाई लक्षित गरेर नारायणगढमा ‘मेड इन नेपाल एक्स्पो र फुड फेस्टिभल’ आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाको आयोजनामा यही चैत २९ गतेदेखि वैशाख २ गतेसम्म नारायणघाटस्थित क्याम्पा चौरमा एक्स्पो हुन लागेको हो । कार्यक्रमको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समुद्घाटन गर्नहुनेछ ।

एक्स्पो प्रत्येक दिन विहान १० बजेदेखि अपरान्ह ६ बजेसम्म चल्ने छ भने अपरान्ह ५ बजेदेखि राति ९ बजेसम्म ग्राण्ड फुड फेस्टिभल संचालन हुने मञ्चका चितवन अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ भने फुड फेस्टिभलमा शुल्क तोकिएको छ । फुड फेस्टिभलमा हरेक दिन चर्चित व्याण्डहरुको प्रस्तुती रहने छ । जसका लागि खल्तीबाट अग्रिम अनलाइन टिकट काट्दा रु.३०० र कार्यक्रम स्थलमा गएर टिकट काट्दा रु.५ सय शुल्क राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘व्यवस्थापमा सहज होस् भनेर अनलाइन र फिजिकल टिकटको मूल्य फरक राखेका हौं’–अध्यक्ष श्रेष्ठले भने ।

पहिलो दिन चैत २९ गते ‘दि एज ब्याण्ड’, ३० गते ‘रकहेड’, चैत ३१ गते ‘पूर्ण राइ एण्ड परिवर्तन’, वैशाख १ गते ‘द स्वार’ र वैशाख २ गते ‘उदय एण्ड झकास’को विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । फुड फेस्टिभलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधताको पाइने आयोजकले जनाएको छ । जसमा अर्गानिक उत्पादन, लाभइ कुकिङ डेमो, फुड आर्ट डिस्प्ले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछ ।

यस्तै एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहेन छन् । जहाँ जुत्ता, कपडा, चिया, क्राफ्ट, साबु, मसला, मह, अचारलगायतका नेपाली उत्पादनका ब्राण्डहरु रहने छन् । विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीहरुबाट स्टार्टअप आइडिया पिचिङ, कविता वाचन, प्रेरणादायी भाषणा र नवप्रवर्तन परक प्रस्तुतीहरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रम अवधिमा तीन दिन तीन फरक विषयमा युवामुखी प्यानल छलफलहरु चलाइने मञ्चका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए ।

युवा उद्यमी मञ्चले सन् २०१७ देखि चितवन महोत्सव भित्र एउटा अंशको रुपमा मेड इन नेपाल एक्स्पो आयोजना गर्दै यसको सुरुवात गरेको थियो । तीन वटा संस्करणपछि अहिले छुट्टै वृहत एक्स्पोको रुपमा यो कार्यक्रमको आयोजना गरिएको पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले बताए । उनले विगतमा गरेको माया जस्तै यसवर्ष पनि माया गर्न सबैमा आह्वान गरे ।

यसपटक एक्स्पोमा ‘मेड इन भरतपुर’ नामक विशेष क्षेत्रमार्फत भरतपुरका स्थानीय उत्पादनहरुको प्रवद्र्धन समेत गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>