Breaking News

बढ्दो वायु प्रदूषणः जोर-बिजोर सवारी सञ्चालन, सातामा दुई दिन बिदाको तयारी

Banner

काठमाडौं,चैत २१-

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सरकारले आवश्यक कार्य गर्ने बताएका छन् । बिहीबार सहरी विकास मन्त्रालयमा सरोकारवाला लगायत विज्ञहरुसँग छलफल गर्दै सिंहले वायु प्रदूषण बढ्दै गएकाले यसलाई न्यूनिकरण गर्न सरकारले आवश्यक कदम चाल्ने बताएका हुन् ।

उनले सरकारले अरु निकायहरुसँग छलफल गरेर आवश्यक कदम चाल्ने जिकिर गरे । बैठकमा वन मन्त्रालयमा प्रतिनिधिहरुले अहिले वायु प्रदूषण निकै बढ्दै गएकाले जोर–बिजोर सवारी सञ्चालन गर्ने गरि सातामा दुई दिन विदा दिनुपर्ने अवस्था आउन सक्ने जनाएका थिए । कार्यवाहक प्रधानमन्त्री सिंहले सबैको परामर्शमा छिटै आवश्यक निर्णयमा पुगिने उल्लेख गरे ।

छलफलमा सरोकारवालाहरुले तत्काल वायु प्रदूषण कम गर्न सवारी साधनको चापलाई घटाउनुपर्ने सुझाव दिएका थिए । छलफलमा निर्माण व्यवसायी, यातायात व्यवसायी लगायत सरोकारवाला मन्त्रालयको उपस्थीति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>