अपराध

तीनकुने प्रदर्शन: तोडफोड र आगजनीमा संलग्न १०५ जना पक्राउ

Banner

काठमाडौं, चैत १६-

राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न १०५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेका हुन् ।

प्रहरीको बन्दुक खोस्ने पनि पक्राउ परिसकेको उनले बताए । तर, उनको नाम भने खुलाइएको छैन । बन्दुक खोसेको फोटो र भिडियो खिच्ने क्रममा अनलाइनखबरकर्मीमाथि पनि आक्रमण भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>