Breaking News

न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

०
Banner

काठमाडौं, कार्तिक १४-
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहको न्युजरुममा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटना गलत भएको ठहर गर्दै प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न सरकारलाई स्पष्ट निर्देशन दिएको छ ।शनिवार काठमाडौंको चःमतीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता जगदीश खरेलले सञ्चारमाध्यममाथि भएको प्रहरी हस्तक्षेप पार्टीलाई स्वीकार्य नहुने प्रस्ट पार्नुभएको हो । उहाँले न्युजरुममा प्रहरी प्रवेशको घटना कसले, किन र कसको आदेशमा ग¥यो भन्नेबारे सत्यतथ्य छानबिन गरी सरकारले जवाफदेही बन्नुपर्ने बताउनु भयो ।

 

प्रवक्ता खरेलकाअनुसार पार्टीको नेतृत्व र सहभागितामा बनेको सरकारलाई नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षा गर्न बैठकले विशेष निर्देशन दिएको छ । यसैगरी, व्यवस्थापिका र कार्यपालिकाबीच अन्तरद्वन्द्व चर्किएको तथा संवैधानिक निकायहरूसँग रास्वपाको सम्बन्ध बिग्रिएको भनी सार्वजनिक भएका चर्चालाई प्रवक्ता खरेलले खण्डन गर्नुभयो । पार्टी सभापति, प्रधानमन्त्री र सभामुखबीच नियमित संवाद तथा परामर्श भइरहेको उल्लेख गर्दै उहाँले बाहिर प्रचार गरिएजस्तो कुनै मतभेद नरहेको दाबी गर्नुभयो । पार्टी सभापति र प्रधानमन्त्रीबीच घण्टौँ छलफल भइरहेको छ, सभामुखसँग पनि निरन्तर समन्वय छ ।

उहाँले भन्नुभयो, ‘मिडियाको कार्यकक्षमै प्रहरी पुग्नु सर्वथा गलत हो, प्रेस स्वतन्त्रता अक्षुण्ण रहनुपर्छ भन्नेमा पार्टी प्रस्ट छ । यस विषयमा सरकारले आवश्यक अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ र कमजोरी गर्नेमाथि कानुनी दायरा आकर्षित हुनुपर्छ । संसदीय दल र सरकारबीच पनि सुमधुर सम्बन्ध छ । राज्यका प्रमुख अंगहरूबीचको सहकार्य मजबुत छ र यसलाई अझ प्रभावकारी बनाउँदै लैजान पार्टी प्रतिवद्ध छ ।’

बैठकले सरकारका समग्र कामकारबाहीलाई जनमुखी बनाउन पार्टी नेतृत्वसँगको समन्वयमा प्रभावकारी ढंगले अघि बढाउने निर्णयसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>