अन्तर्राष्ट्रिय

ग्रुप च्याटमा पत्रकार मिसिएको विषयले ट्रम्प क्याबिनेटमा तरंग

Banner

वाशिंटन, चैत १३-

अमेरिकी क्याबिनेट च्याट ग्रुपमा पत्रकार प्रवेश पाएपछि यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याबिनेटमा नै तरंग उत्पन्न भएको छ।

यमनमा हाउथीलाई आक्रमण गर्ने विषयमा भएको ग्रुप च्याटमा पत्रकार उपस्थित गराइएपछि अमेरिकी सिनेटमा रक्षामन्त्री पिटर हेगसेथमाथि धेरै जना आक्रामक भएका छन्।

सिनेटमा नै यो विषय चर्को रूपमा उठेको छ। सिनेटमा डेमोक्र्याटले बारम्बार प्रश्न उठाएपछि अमेरिकी गुप्तचर निकायकी सिआइएका निर्देशक जोन रेटक्लिफ र राष्ट्रिय गुप्तचरकी निर्देशक तुलसी गावार्डले महत्त्वपूर्ण सूचना लिक नभएको दाबी गरेका छन्।

सिनेटमा आक्रमणको बारेमा विवरण पठाइएको कुरा चर्को रूपमा उठेको थियो। यी दुवैले महत्त्वपूर्ण आक्रमण योजना बाहिर नआएको दाबी भने गर्न छाडेका छैनन्। हेगसेथले गरेको टेक्सटमा अगामी आक्रमण, लक्ष्य र हतियारको प्रसङ्ग पनि भएका कारण उनको विषयमा सिनेटमा चर्को आवाज उठेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>