देश/प्रदेश

फोहरबाट इन्टरलक र टायलउत्पादन सुरू

Banner

तुलसीपुर, चैत ११-

दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायल उत्पादन गर्न सुरू भएको छ । दाङको राप्ती गाउँपालिका–२ पूण्यपुरमा प्लाष्टिकजन्य फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू गरिएको हो ।

पालिकाभित्रको प्लाष्टिकजन्य फोहरबाट यसरी मोहर बनाउने अभियानबमोजिम उक्त कार्य गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । फोहरमुक्त पालिका निर्माणका लागि इको फ्यामिली प्रालि हेटौँडासँग सहकार्य गरी उक्त कार्य गरिएको हो ।

साथै उहाँले फर्निचरजन्य सामग्रीसँगै टाँक, कपडाबाट कपास र जैविक वस्तुबाट मल उत्पादनको तयारी भइरहेको जानकारी दिनुभयो । स्वच्छ र हरित पालिका निर्माण गर्नुका साथै अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष विष्टको भनाइ छ । “यो नेपालमै पहिलोपटक फोहरलाई यस प्रकार वातावरणमैत्री उत्पादनमा रूपान्तरण गर्ने परियोजना हो”, उहाँले भन्नुभयो, “यसको सफलता भनेको स्थानीय सरकारहरूको क्षमतामा नयाँ युगको सुरूआत हो ।”

साथै पालिकाले सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन ‘सरसफाइ रनिङ शिल्ड’ कार्यक्रम पनि सुरू गरेको छ । यसले वडास्तरमा सरसफाइ गर्ने प्रतिस्पर्धा गराउने गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>