समाचार

अब साँझमा लोडसेडिङ हुँदैछः ऊर्जामन्त्री खड्का

Banner

काठमाडौँ, चैत ६-

उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझमा लोडसेडिङ हुने बताएका छन्। बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अब लोडसेडिङ रोक्न नसक्ने बताएका हुन्।

‘अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ। हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ, उनले भने।’

भारतबाट विद्युत आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको मन्त्री खड्काको भनाइ छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपालको नायक नभएको दाबी गरे।

‘त्यसो भएको हुनाले निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ। उज्यालोको नायक भनेको उहाँ (कुलमान) होइन है, उनले थपे, बरु यो धन्यवाद भारतलाई र निजी क्षेत्रलाई दिऊँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area