देश/प्रदेश

पार्कको पोखरीमा डुबेर बालिकाको मृत्यु

Banner

काठमाडौं, चैत ३-

काठमाडौंको चन्द्रागिरिमा पार्कको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका-८ स्थित निर्माणधीन पार्कको पोखरीमा डुबेर हिजो (शनिबार) बेलुकी पाँच वर्षीया बालिकाको मृत्यु भएको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार सल्यानको कालिमाटि गाउँपालिका-४ घर भई चन्द्रागिरि बस्दै आएका धनश्याम थापाकी पाँच वर्षीया छोरी पूर्णिमा थापा मृत्यु भएको छ । पूर्णिमालाई घनश्यामले सशस्त्र प्रहरी अस्पताल पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेको एसपी बोहराले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>