देश/प्रदेश

अनियन्त्रित भएर ट्याक्टर घरभित्र छिरेपछि….

Banner

दाङ, चैत ३-

दाङमा ट्याक्टर अनियन्त्रित भएर घरभित्र छिरेको छ। तुलसीपुर उपमहानगरपालिका – १७ मानपुरमा ट्याक्टर अनियन्त्रित भएर घरभित्र छिरेको हो।

हिजो (शनिबार) बेलुका ८ बजे बिजौरीबाट मानपुर तर्फ जाँदै गरेको लु. प्र ००२ –००१ त ००८५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भइ स्थानीय मुरारी शर्माको कच्ची दुई तले घरको पश्चिम तर्फको भागमा ठोक्किन गएको थियो ।

ट्याक्टर घरभित्रै छिरेपछि ५६ वर्षीय रामकृष्ण चौधरीसहित उनकी छोरीहरु २८ वर्षीया शान्ति चौधरी, २० वर्षीया त्रिमा चौधरी, स्थानीय ४२ वर्षीय भक्तबहादुर खत्री र २८ वर्षीय रामजी गुप्ता घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>