देश/प्रदेश

अमेरिकामा उडिरहेको जहाजमा आगो लाग्यो

Banner

काठमाडौं, चैत १-

अमेरिकामा उडिरहेको जहाजमा आगो लागेको छ । स्थानीय समयअनुसार बिहीबार बेलुकी सवा ५ बजेतिर अमेरिकी एयरलाइन्सको बोइङमा आगो लागेको हो ।

१७२ जना यात्रु र छ जना चालक दलका सदस्य रहेको जहाजको ‘इन्जिन कम्पन’ भएको जानकारीपछि आकस्मिक अवतरण गरिएको थियो । अवतरणपछि सबै यात्रु र चालक दलका सदस्यलाई सकुसल बाहिर निकालिएको सीएनएनमा प्रकाशित समाचारमा उल्लेख छ ।

अमेरिकी एयरलाइन्सका प्रवक्ताले दिएको जानकारीअनुसार अत्तालिएका केही यात्रुलाई अस्पताल लगिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>