देश/प्रदेश

पाकिस्तानमा पनि एउटा पाङ्ग्राविनै जहाज अवतरण !

Banner

काठमाडौं, चैत १-

केही दिनअघि नेपालमा पांग्राविनै बुद्ध एयरको जहाज उडेको खबर सेलाउन नपाउँदै पाकिस्तानको यस्तै घटना सार्वजनिक भएको छ ।

गल्फन्यूजका अनुसार विहीबार पीके ३०६ कल साइनको जहाज पछाडिको एउटा पांग्राविनै पाकिस्तानको लाहोर एयरपोर्टमा अवतरण भएको हो । पाकिस्तानकै कराँची विमानस्थलबाट उडेको थियो त्यो जहाज ।

एक पांग्रा रहस्यमय रूपमा गायव भएको समाचारमा जनाइएको छ । विमान उड्दा पांग्रा भएता पनि केहीमा ठोक्किएर झरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाली वायुसेवा कम्पनी सन् २०१३ डिसेम्बर ५ देखि यूरोपेली संघको आकाशमा प्रतिबन्धित छन् । तर, सन् २०२० मा प्रतिबन्धमा परेको पाकिस्तान एअरलाइन्सको उडान भने गत नोभेम्बरबाट सकिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>