अन्तर्राष्ट्रिय

पाकिस्तानमा रेलका १०४ यात्री अपहरण मुक्त, १६ अपहरणकारी मारिए

Banner

पाकिस्तान, फागुन २८-

पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका रेलका एक सय बढी यात्रुहरुको उद्धार गरिएको छ।

मंगलबार हतियारधारी समूहले आक्रमण गरी रेलका यात्रुहरुलाई अपहरण गरी बन्धक बनाएका थिए।

यसको जिम्मेवारी अलगाववादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले लिएको छ। बीबीसीका अनुसार क्वेटा शहरबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसको रेलका यात्रीहरु हतियारधारी समूहको निशानामा परेका थिए। पाकिस्तानका गृहराज्यमन्त्री तलाल चौधरीका अनुसार जाफर एक्सप्रेसका धेरैजसो यात्रीहरुलाई रेलबाट ओरालेर पहाडी इलाकामा लगिएको थियो।

लगत्तै सेनासहितको टोली उद्धारका लागि परिचालित भएको थियो। त्यसक्रममा १६ चरमपन्थी मारिएको र १०४ जना यात्रीहरुलाई उद्धार गरिएको बीबीसीले जनाएको छ। तीमध्ये ८० यात्री नजिकको अर्को रेलवे स्टेसन पुगिसकेका छन्। त्यहाँ उनीहरुको प्राथमिक स्वास्थ्य जाँच गरिने छ।

रेलवे अधिकारीहरुका अनुसार उक्त रेलमा ९ डब्बा थिए। र, त्यसमा ४०० बढी यात्रुहरु थिए। हतियारधारी समूहले रेलको लिकलाई भत्काइदिएर रेल रोकेका थिए। उनीहरुले रेलमा गोली पनि चलाएको बताइएको छ। एजेन्सी–

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>