देश/प्रदेश
माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
०

हुम्ला, फागुन २८-
हुम्लामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । हुम्लाको सर्केगाड गाउँपालिका– ८ ढाडकोटमामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको हो । यस्तै ४ जना घाइते भएका छन् ।
घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खसेर पुरिँदा सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार नेत्रकलाको घटनास्थलमै मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























