खेलकुद
साफ यू–१९ च्याम्पियनसिपमा नेपाल भारत एकै समूहमा
०

काठमाडौं, फागुन २८-
साफ यू–१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ ।
मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको ड्र अनुसार समूह ‘बी’मा नेपाल र भारत एकै समूहमा परेका छन्। सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा माल्दिभ्ससँगै भुटान र बंगलादेश रहेका छन् भने समूह ‘बी’ मा आयोजक भारतसँगै नेपाल र श्रीलंका परेका छन् ।
साफ यू–१९ च्याम्पियनसिप फुटबल भारतको अरुणान्नचल प्रदेशमा आगामी मे ९ देखि १८ सम्म आयोजना हुँदै छ ।