खेलकुद

नेपालले आज हङकङसँग खेल्दै

Banner

काठमाडौं, फागुन २६-

वुमन्स डे कपमा नेपालले आज हङकङसँग खेल्दैछ। युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा खेल दिउँसो २ बजे सुरु हुनेछ।

हिजो भएको खेलमा नेपालले एक विकेटले पराजित गरेको थियो। युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर पाँच बलमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो। यसअघि शनिबार भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। चार देश सम्मिलित प्रतियोगिता डबल राउन्ड रोबिनमा हुनेछ। शीर्ष २ टोली फाइनलका लागि भिड्ने छन्।

नेपालले यस प्रतियोगितालाई सन् २०२६ मा हुने महिला टी–२० विश्वकप क्रिकेट छनोटको तयारीका रूपमा लिएको छ। विश्वकपको एसिया क्षेत्र छनोट आगामी मे मा हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>