क्रिकेट

च्याम्पियन्स ट्रफी फाइनलः न्युजिल्यान्डले दियो भारतलाई २५२ रनको लक्ष्य

Banner

काठमाडौं,फागुन २५-

आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डले भारतसामु २५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर २५१ रनको मध्यम योगफल तयार पारेको हो । किबिज टोलीका लागि ड्यारेल मिचेलले सर्वाधि ६३ रन बनाए । रचिन रभिन्द्र ३७ र ग्लेन फिलिप्स ३४ रनमा आउट भए । मिचाइल ब्रासवेल ५३ रनमा नटआउट रहे ।

बलिङतर्फ भरुण चक्रवर्ती र कुलदिप यादवले समान २ विकेट लिए । मोहमद सामी र रबिन्द्र जडेजाको नाममा एकएक विकेट रह्यो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>