देश/प्रदेश
राजावादीले सडक छेक्दा विमानस्थल क्षेत्रमा यात्रुलाई सास्ती
०

काठमाडौं, फागुन २५-
राजावादीको प्रदर्शनका कारण त्रिभुवन बिमानस्थल भएर आवातजावत गर्ने यात्रुलाई सास्ती भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन भएपछि यात्रुहरूलाई सास्ती भएको हो । त्रिभुवन विमानस्थल भएर जाने र फर्कने यात्रुहरू गेटैबाट आफ्नो सामान बोकेर भित्र जान बाध्य भएका छन् ।
यात्रुलाई बिदाइ गर्न र लिन गएका आफन्तलाई समेत प्रहरीले मूल गेटमै रोकेको छ । प्रदर्शनका कारण विमानस्थल वरपरको सडकसमेत अवरुद्ध भएको छ । जसका कारण त्य क्षेत्र भएर आवातजावत गर्ने सर्वसाधारण प्रभावित भएका छन् ।
राजावादीको भीड बढेपछि ट्राफिक प्रहरीले तीनकुनेदेखि गौशाला क्षेत्रमा यातायात डाइभर्सन गरेको छ भने अन्य स्थानमा ट्राफिक जाम भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























