देश/प्रदेश

दल र संघ–संगठन राजाको स्वागतमा जुट्दै, ५ लाख मान्छे उतार्ने ज्ञानेन्द्र शाहीको दावी

Banner

काठमाडौं, फागुन २५-

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थानमा राजावादीहरुको चहलपहल सुरु भएको छ । राजावादी विभिन्न दल र संघ–संगठनहरु राजाको स्वागतमा जुट्दैछन् ।

आजको प्रदर्शनको नेतृत्वले औपचारिक रुपमा कसैले पनि गरेको छैन । राजसंस्था समर्थकन सबै व्यक्ति तथा समूहले आमजनतालाई पूर्वराजाको स्वागतमा आउन अपिल गरेका छन् । कुनै पनि पार्टीको ब्यानर वा झण्डाबिना प्रदर्शन गरिने छ । प्रदर्शनकारीले राष्ट्रिय झण्डा बोक्नेछन् ।

राजावादी सबैभन्दा ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन पूर्वराजाको स्वागतमा जाने छन् ।
आजको प्रदर्शनको व्यवस्थापनमा खटिएका राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले भने ५ लाख मान्छे काठमाडौंमा उतारिने दावी गरे । सबै राजावादी शक्तिहरुले एकीकृतरुपमा प्रदर्शन गर्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिले हामी एयरपोर्ट जाने क्रममा छौं । विभिन्न ठाउँमा नेता–कार्यकर्ताहरु जम्मा हुन थालिसक्नुभएको छ । ५ लाखभन्दा बढी मानिस उतार्ने हाम्रो लक्ष्य हो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>