देश/प्रदेश
पूर्व राजालाई ज्योतिष हरिहरको सुझावः दही खाएर पश्चिम दिशाबाट यात्रा गर्नु
०

काठमाडौँ, फागुन २५-
ज्योतिष हरिहर अधिकारीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई शुभ साइतका लागि दही खाएर पश्चिम दिशाबाट यात्रा गर्न सुझाव दिएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले पोखराबाट काठमाडौं आउँदै गरेका शाहलाई शुभ साइतका लागि दही खाएर पश्चिम दिशाबाट यात्रा गर्न सुझाव दिएका हुन्।
उनी लेख्छन्, ‘आज चन्द्रमा मिथुन राशिमा छन्, अर्थात् चन्द्रमा पश्चिम दिशामा छन्, र आज पोखराबाट काठमाडौं आउँदा चन्द्रमा पछाडि पर्छन्। हामीले जहिले पनि यात्रा गर्दा वा शुभ कार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्छ। आज चन्द्रमा पछाडि परेर यात्रा गर्न सल्लाह दिने ज्योतिषी पण्डितहरूलाई के भनौँ खै ? शास्त्र र साइत हेरेर कार्य गर्दा मात्र सफलता मिल्छ। त्यसैले सबै जनाले साइत हेर्ने बानी बसालौँ। यात्रा गर्नै परे दही खाएर गर्दा राम्रो।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























