देश/प्रदेश

टेम्केमैयुङका एकल, दलित तथा श्रमिक महिला सम्मानित

Banner

भोजपुर, फागुन २५-

टेम्केमैयुङ गाउँपालिकाका एकल, दलित, श्रमिक तथा विपन्न महिलालाई सम्मानसँगै आवश्यक सहयोग गरिएको छ । एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा गाउँपालिकाले नौवटै वडाका महिलालाई सम्मानसहित सहयोग गरेको हो ।

गाउँपालिकाभित्रका सबै वडालाई समेटेर समाजमा सङ्र्घष गरिरहेका एकल, दलित, विपन्न महिलालाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मानसहित सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । “दिवसका अवसरमा पालिकाले बर्सेनि विभिन्न रचनात्मक काम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “यो वर्ष समस्यामा रहेका महिलालाई सम्मानसहित दैनिक आवश्यक पर्ने सामग्री सहयोग गरेका हौँ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>