अन्तर्राष्ट्रिय
नागरिकलाई भारत-पाकिस्तान सीमावरिपरि यात्रा नगर्न अमेरिकाको आग्रह
०

काठमाडौँ, फागुन २५-
अमेरिकाले आफ्ना नागरिकलाई भारत-पाकिस्तान सीमा र नियन्त्रण रेखा वरिपरि यात्रा नगर्न आग्रह गरेको छ। अमेरिकाले जारी गरेको ‘ट्राभल एडभाइजरी’अनुसार पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा नगर्न आफ्ना नागरिकलाई सुझवा दिइएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार यो ‘ट्राभल एडभाइजरी’ जारी गर्नुको कारण ती क्षेत्रमा आतंकवाद र सशस्त्र द्वन्द्वको सम्भावना रहेको बताइएको छ।
एडभाइजरीमा भनिएको छ, ‘पाकिस्तानमा हिंस्रक अतिवादी समूहहरूले आक्रमण गरिरहेका छन्। बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण भइरहेका छन्।’ अतिवादीहरूले स्थानीय सैन्य र प्रहरी अड्डामा पनि आक्रमण गरेको एडभाइजरीमा उल्लेख गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























