देश/प्रदेश

सात किलो गाँजासहित एयरपोर्टबाट दुईजना समातिए

Banner

काठमाडौं, फागुन २४-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । सात किलो गाँजासहित विमानस्थलको टनेल गेटबाट प्रहरीले दुईजनाभारतीय नागरिकलाई प्रकाउ गरेको हो ।

सात किलो १६५ ग्राम अवैध लागुऔषध गाँजासहित शुक्रबार (फागुन २३) बेलुका उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय अजित कुन्नमपुरथु वार्के र २४ वर्षीय एन डेन्सिल छन् । नेपाल एयरलाइन्सको उडानमार्फत थाइल्यान्डको बैंकक हुँदै उनीहरू काठमाडौं आएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>