खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ७० जनाले दिए आवेदन

Banner

काठमाडौं, फागुन २४-

नेपाली पुरूष क्रिकेट टोलीको प्रशिक्षकका लागि ७० जना व्यक्तिहरूको आवेदन परेको छ ।

नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले विभिन्न देशका गरी ७० जनाको नाम आएको र त्यहाँबाट शर्टलिस्ट गरी पुरूष पीएम कप सकिनुअगाडि अर्थात् चैतको तेस्रो साताभित्र घोषणा गर्ने जनाएका हुन् ।

उनीहरूको नाम भने खुलाइएको छैन । अब पीएम कपको अवधिमै प्रशिक्षक नेपाल बोलाएर नियुक्ति गर्ने बताइएको छ ।

‘७० जनाको नाम आएको छ, केही चर्चित र अनुभवी नामहरू पनि छन्’ सचिव खड्काले भने, ‘पीएम कप सकिने बेलासम्म नेपाल बोलाएर सम्झौता गर्नेछौं र त्यसबेला नै सबै जानकारी दिनेछौं।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>