देश/प्रदेश

सुस्तामा आगलागीबाट पाँच दाजुभाईको घर जल्यो, ३ जना घाइते

Banner

काठमाडौं, फागुन २४-

नवलपरासीको सुस्ता गाउँपालिका–३ सेख्वानामा आगलागी हुँदा तीन जना घाइते भएका छन् ।

आगलागीबाट सतारुल नेसा, निजामोदिन मियाँ र तैमुरदिन मियाँ घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिवकुमार क्षेत्रीले जानकारी दिए । उनीहरूको चौपत्ता सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

निर्माणाधीन घरमा हिजो बिजुलीको मिटरबक्स शर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट पाँच जना दाजुभाइ इद्रिस अली, कासिम अलि, नुर मोहम्मद अलि, मोहम्मद शेख आलम मियाँ र अफताब अलीको घर जलेको इन्स्पेक्टर क्षेत्रीले बताए ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामान, गरगहना तथा नगद गरी २७ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगो बर्दघाट नगरपालिका र रामग्राम नगरपलिकाको दमकल तथा प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको सुस्ता गाउँपालिका–३ का अध्यक्ष हरिलाल दुषाधले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>