अन्तर्राष्ट्रिय
अमेरिकाले सैन्य सहायता रोकेपछि युक्रेनमाथि रुसको हमला, १८ जनाको मृत्यु
०

किभ, फागुन २३-
रुसले युक्रेनमाथि व्यापक हमला गरेको छ । कृष्ण सागरमा रहेका जहाजबाट रुसले व्यापक मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ ।
युक्रेनको नेभी प्रवक्ता दम्योत्रो प्लेटेन्चकले यस्तो खालको हमला यो वर्ष सुरु भएयताकै ठुलो रहेको जनाएका छन् । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेपछिको यो पहिलो हमला भएको जनाइएको छ ।
रातभरि भएको यस हमलामा चार जना बालबालिकासमेत १८ जनाको मृत्यु भएको बताइएको छ । हमलामा युक्रेनको ऊर्जा पूर्वाधार ग्यास उत्पादन केन्द्रहरूलाई लक्षित गरिएको युक्रेनी ऊर्जामन्त्रीले भनेका छन् । आक्रमणमा युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा आठ जना घाइते भएका छन् । महत्त्वपूर्ण पूर्वाधार र आवासीय भवनहरू क्षतिग्रस्त भए । पूर्वी दोनेत्स्क क्षेत्रमा दुई बालिकासमेत सात जना घाइते भएको भनिएको छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























