समाचार

पाथीभरा मुक्कुम्लुङ आन्दोलनका १० जना अभियन्ताविरुद्ध वारेन्ट जारी

Banner

काठमाडौं, फागुन २३-

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा मुक्कुमलुङ आन्दोलनका पक्षधर १० अभियन्ताविरूद्ध वारेन्ट जारी गरेको छ ।

आन्दोलनमा लागेर घाइते भएकाहरूलाईसमेत पक्राउ गर्न उर्दी जारी भएको पीडितको गुनासो छ ।

खबरहबलाई हालसम्म प्राप्त विवरण अनुसार वारेन्ट जारी गरिएकोमा खगेन्द्र फेम्बो लिम्बु, संयोजक, केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, श्री लिङ्खिम लिम्बु, संयोजक, मक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति,सरोज काङ्लिबा लिम्बु, सचिव, किरात याक्थुङ चुम्लुङ, ताप्लेजुङ र सचिव, किरात धर्म साहित्य उत्थान संघ, ताप्लेजुङ रहेको छ ।

यस्तै पूर्ण पालुङ्वा लिम्बु, सहसंयोजक, केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, असिम पालुङ्वा लिम्बु, पूर्वमेजर नेपाली सेना, तथा केन्द्रीय सदस्य, पहिचानवादी मोर्चा,चन्द्र मादेन, केन्द्रीय सदस्य, पहिचानवादी मोर्चा, प्रदिप मादेन (नानी), संयोजक, पहिचानवादी मोर्चा, ताप्लेजुङ,मुक्साम लाबुङ लिम्बु, उपमहासचिव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र गणेश नुगो लिम्बु, अभियन्ता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>