घटना -दुर्घटना

बलेरोको ठक्करबाट घरको पेटीमा बसिरहेका दिदिबहिनीको घटनास्थलमै मृत्यु

Banner

उदयरपुर, फागुन २३-

त्रियुगा नगरपालिका–१२ डिएमगेटमा बलेरो गाडीको ठक्करले दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ।

त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको प्रदेश नं१–०५–००१ च ००९१ नम्बरको बलेरो गाडीले बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसिरहेका दुई दिदीबहिनीलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उदयपुर प्रहरीका अनुसार सप्तरी जिल्ला राजविराज घर भएर त्रिनपा १२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ र १४ वर्षीया छोरी देवीकुमारी र अनुकुमारी दासलाई बलेरोले ठक्कर दिएको हो ।

सवारी चालक त्रियुगा नगरपालिका–९ गैरुन बस्ने १८ वर्षीय निर्जल कटुवाललाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>