समाचार

एउटा पांग्राबिनै जनकपुरबाट काठमाडौं पुग्यो बुद्ध एयरको जहाज

Banner

चितवन, फागुन २२

बुद्ध एयरको जनकपुरबाट काठमाडौं आएको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ। बिहीबार जनकपुबारबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो। जहा जनकपुरबाट काठमाडौंका लागि ४ः४५ मा उडेको थियो।

काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणले जहाज ग्राउन्डेड गरेर छानबिन सुरू गरिसकेको छ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>