देश/प्रदेश
अवैध बाटोबाट अमेरिका हिँडेका दाङका पूर्णबहादुर घानामा अस्ताए
०

काठमाडौँ, फागुन २२-
अवैध बाटो हुँदै अमेरिका हिँडेका दाङका पूर्णबहादुर डाँगीको घानामा निधन भएको छ। गैरआवसीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले डाँगीको निधन भएको पुष्टि गरे।
‘अवैध बाटोबाट मानव तस्करमार्फत अमेरिका जान हिडेका दाङ, शान्तिनगरका पूर्णबहादुर डाँगीको घानामा मृत्य भएको छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
थापाका अनुसार डाँगीको शव पोस्टमार्टम र अन्य प्रक्रियाका लागि त्यहाँको आकरास्थित अस्पतालमा राखिएको छ।
अमेरिकाले आप्रवासीमाथि कडाइ गरिरहेका बेला अमेरिका नै हिँडेका डाँगीको निधन भएको हो।
बुधबारमात्रै पनि कागजात नभएका ९ नेपाली नेपाल फर्काइएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























