खेलकुद

चौथो आइसिसी प्रतियोगिताको फाइनल खेल्दै भारत

Banner

काठमाडौं, फागुन २१-

आगामी आइतबार युएईको दुबईमा भारतले २१ महिनाको अवधिमा आफ्नो चौथो आइसिसी फाइनल खेल्दैछ।

मंगलबार आइसिसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गर्‍यो।

च्याम्पियन्स ट्रफी आइसिसीका शीर्ष आठ टोलीबीच हुने एकदिवसीय प्रतियोगिता हो।

यसअघि २०२४ जुनमा भारतले आइसिसी टी-२० विश्वकपको फाइनल खेलेको थियो। जससँगै भारतले लगातार आइसिसीका सबै फरम्याटको विश्वपकको फाइनलमा स्थान पक्का गर्दै इतिहास कोरेको थियो। टी-२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>