देश/प्रदेश

खाना पकाउने ग्यासको भाउ यथावत्, सरकारलाई प्रतिसिलिण्डर १२ रुपैयाँ ५० पैसा थप घाटा

Banner

काठमाडौं, फागुन २१-

सरकार र आन्दोलनरत ग्यास उद्योगीबीच कमिसन बढाउने सहमति भए पनि खाना पकाउने एलपी ग्यासको उपभोक्ता मूल्य भने यथावत् रहेको छ ।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट, नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीबीच हिजो भएको वार्तामा प्रतिसिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको हो । तर उद्योगीको कमिसन बढेको भए पनि यसबाट उपभोक्तालाई थप भार नपर्ने नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार बजारमा ग्यासको उपभोक्ता मूल्य प्रति सिलिण्डर एक हजार ९ सय १० रुपैयाँ कायम छ । उद्योगीलाई बढाएको मूल्य ग्यासमा भएको घाटामा जोडिने उनले जानकारी दिए ।

सङ्घले विभिन्न १९ बुँदे माग राखेर आन्दोलन गरेको थियो । सरकारसँग कमिसन बढाउनेसहित पाँच बुँदे सहमति भएपछि ग्यास उद्योगीले आन्दोलन स्थगित गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>