क्रिकेट
यू–१९ क्रिकेटः नेपालले अफगानिस्तानसँग खेल्ने
०

काठमाडौं,फागुन २१-
नेपाली यू–१९ क्रिकेट टोलीले अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।
अफगानिस्तानको यू–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट संघ (क्यान) द्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
क्यानका अनुसार माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने उक्त सिरिज आगामी चैत २१ गतेदेखि सुरु हुनेछ । तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुनेछ । त्यसैगरि दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























