देश/प्रदेश
पानी अभावपछि टिचिङ अस्पतालमा जारको पानी किनेर गरियो अप्रेसन
०

काठमाडौँ, फागुन २०-
त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा पानीको अभाव भएको छ । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पर्याप्त पानी आपूर्ति नगर्दा अस्पतालमा पानीको अभाव सिर्जना भएको हो । अस्पतालमा दैनिक ८ लाख लिटर पानी खपत हुन्छ ।
अस्पतालका निर्देशक डा.सुवास आचार्यका अनुसार अहिले जारको पानी किनेर अप्रेसन भइरहेको छ । पानीको अभावमा बिरामीको उपचारमा कुनै समस्या नपरेको उनले दाबी गरे । ‘जारको पानी किनेर अप्रेसन थियटर र नर्मल स्लाइन लगेर ओटी सर्जरी गरिरहेका छौं,’ डा. आचार्यले भने, ‘ ट्यांकरमा पानी ल्याएर व्यवस्थापन गरिहेका छौं ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























