अर्थ

तीन दिनपछि बढ्यो सुनको मूल्य

Banner

काठमाडौँ, फागुन २०-

नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगत तीन दिनसम्म स्थिर रहेको सुनचाँदीको मूल्य आज (मंगलबार) बढेको हो।

आज सुनको मूल्य प्रतितोला एक हजार चारसय र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेको महासंघले जानकारी दिएको छ। मूल्य बढेसँगै सुन आज प्रतितोला एक लाख ६९ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ।

यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय चालिस रुपैयाँ कायम भएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>