देश/प्रदेश

वर्ल्डलिंकले सेवा नविकरण गर्ने १० जनालाई आइफोन १६ उपहार दिने

Banner

काठमाडमौं, फागुन १९–

दुरसञ्चार क्षेत्रको अग्रणी संस्था वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नयाँ ग्राहक एवं सेवा नविकरण गर्दा १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ । आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वर्ल्डलिंक कम्युनिकेशन्स लिंले नयाा सेवा एवं नविकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आईफोन १६ उपहार दिने घोषणा गरेको हो ।

१० लाख घर धुरीसम्म आफ्नो सेवा विस्ता र कम्तिमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा आदारणीय ग्राहक महानुभावहरुको अतुलनीय योगदान रहेको वर्ल्डलिंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पिनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकहरुको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमा नै हामी १० लाख घर धुरीमा पुग्न सफल भएका छौ, सो अवसरमा नयाा सेवा लिने र नविकरण गर्ने कम्तिमा १० जना सेवा ग्राहीलाई आईफोन १६ उपहार घोषणा गर्न पाउादा खुसी छौं, । ’

मेची देखि महाकालीसम्म हिमाल, पहाड र तराई सवै क्षेत्रमा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । मुलुकका ७४ जिल्लामा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । १० लाख घर धुरीसम्म आफ्नो सेवा विस्ता र कम्तिमा ५० लाख नागरिकको संख्यामा वर्ल्डलिंकको सेवा पुग्नु यसैको सफल उदारहण वर्ल्डलिंकले जनाएको छ ।

इन्टरनेट सेवालाई दुरदराज र ग्रामिण भेगमा थप विस्तारका लागि र आम नेपालीको पहुाचमा पुर्‍याउनका लागि पनि वर्ल्डलिंकले प्रतिवद्धता जनाएको छ । फागुन महिनाको अन्त्यसम्ममा १० लाख घरधुरी पुर्‍याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>