देश/प्रदेश
पूर्वयुवराज पारसलाई आज पनि अस्पतालमै राखिने
०

काठमाडौं, फागुन १९-
पूर्वयुवराज पारस शाह यतिखेर नर्भिक अस्पतालमा उपचाररत छन् । हृदयाघातपछि आइतबार नर्भिक अस्पताल भर्ना गरिएका उनलाई अझै दुई–तीन दिन राख्नुपर्ने उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । शाहको स्वास्थ्य अवस्था भने खतरामुक्त रहेको ती चिकित्सकले बताए ।
आइतबार दिउँसो साढे ४ बजे अस्पताल पुर्याइएका उनको मुटुको एन्जियोग्राम गर्दा मुटुको धमनी बन्द भएको पाइएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























