अन्तर्राष्ट्रिय

जेलेन्स्की अमेरिकासँग खनिज सम्झौता गर्न फेरि तयार

Banner

काठमाडौँ, फागुन १९-

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिका-युक्रेन खनिज सम्झौतामा हस्ताक्षर गर्न फेरि तयार रहेको बताएका छन्। लन्डनमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्को बहसपछि पनि आफू संयुक्त राज्य अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताएका हुन्।

जेलेन्स्कीले ह्वाइट हाउसमा भएको घटनाले अमेरिका वा युक्रेनलाई फाइदा नपुर्‍याएर रुसी राष्ट्रपति पुटिनलाई मात्र फाइदा पुर्‍याएको बताएका छन्। उनले आफूलाई खनिज सम्झौता गर्न अमेरिकाले फेरि बोलाइयो भने ह्वाइट हाउस फर्कने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>