देश/प्रदेश

अपाङ्गता महिलालाई करणी गर्ने ६३ वर्षीय पुरुष प्रकाउ

Banner

अर्घाखाँची, फागुन १९-

करणी गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पुरुषलाई प्रकाउ गरेको छ । अर्घाखाँचीमा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पुरुषलाई प्रकाउ गरेको हो ।

पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल रहेका छन् । उनलाई सोही नगरपालिका-१ को सन्धिखर्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बस्यालले एक वर्षअघि क वर्गकी अपाङ्गता भएकी २६ वर्षीया एक महिलालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । पीडित महिलाले तीन महिनाअघि छोरालाई जन्म दिएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>