खेलकुद

आज केपी ओली कपको उपाधि भिडन्त हुँदै

Banner

काठमाडौं, फागुन १९-

केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि मछिन्द्र एफसी र विभागीय टोली त्रिभुवन आर्मी एफसीबिच आज प्रतिस्पर्धा हुँदै छ।

आइतबार पत्रकार सम्मेलन गर्दै दुवै टोलीका कप्तान र प्रशिक्षकले फाइनलका लागि टिम पूर्ण रूपमा तयार भएको जनाएका छन् । विभागीय आर्मीका प्रशिक्षक मेघराज केसीले दुवै टोली राम्रो भएकाले फाइनलमा पुगेको बताए।

। उनले जित्नका लागि खेल्ने हो भन्दै उपाधि आफ्नो टोलीले चुम्ने विश्वास व्यक्त गरे। मछिन्द्रमा विदेशी र राष्ट्रिय खेलाडी भएकाले राम्रो टोली बनेको बताउँदै केसीले भने,“आर्मीमा पनि युवा खेलाडी रहेको उत्कृष्ट टिम हो।” केसीले फाइनलमा यसअघिका कमजोरी सुधार गर्दै राम्रो खेल्ने बताए। आर्मीले लिगका लागि नयाँ खेलाडी तयार पारेर टिम बनाउने मौका पाएको र अब नतिजा दिने बेला आएको केसीले बताए। ​

मछिन्द्र क्लबका प्रशिक्षक सन्तोष न्यौपानेले फाइनलका लागि तयार रहेको र साबिक विजेता भएकाले दबाब भएको बताए। उनले ९० मिनेटमै गोल गरेर नतिजा निकाल्ने लक्ष्यमा रहेको उनको भनाइ थियो।

फाइनल खेलअघि कुमा सागर एन्ड ख्वपा ब्यान्ड तथा जोन एन्ड दाजुभाइको साङ्गीतिक प्रस्तुति हुने छ । राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगिताका विजेताले १५ लाख ११ हजार १११ रुपियाँ प्राप्त गर्ने छ। उपविजेताले पाँच लाख रुपियाँ पाउने छ । उत्कृष्ट खेलाडीलाई एक लाख तथा विधागत उत्कृष्टलाई ५० हजार पुरस्कार रहने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>