समाचार

एमालेको निष्कर्ष ‘छलफल गरेर पाथीभरामा केबलकार बनाउनुपर्छ’

Banner

काठमाडौँ फागुन १८

नेकपा (एमाले)ले पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न छलफल थाल्नुपर्ने निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले पाथीभरामा केबलकार निर्माणका सन्दर्भमा स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवाला समूहहरूसँग छलफल गरेर समस्या समाधान गर्नुपर्ने निर्णय गरेको हो।

‘ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरामा केबलकार निर्माणका सन्दर्भमा स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवाला समूहहरूसँग छलफल गरी समस्यालाई समाधान गर्ने र केबलकार निर्माणको प्रक्रिया अगाडि बढाउनका लागि सहज वातावरण तयार पार्न सरोकारवालासँग छलफल गरेर अगाडि बढ्ने कुरामा पार्टीले चासो राखेको महासचिव शंकर पोखरेलले जानकारी दिएनुभयो ।

पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै ‘नो केबलकार समूह’ आन्दोलित भएको छ।

मुकुम्लुङको सांस्कृतिक पक्षमा अतिक्रमण गर्न नहुने भन्दै नो केबलकार समूह आन्दोलित भएर प्रहरीसँग पटक(पटक झडपको अवस्था सिर्जना भएपछि निर्माणकार्य अवरूद्ध छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>