अन्तर्राष्ट्रिय

उत्तराखण्डः हिमपहिरोमा पुरिएका ५४ जनामध्ये ४६ जीवित र ४ मृत भेटिए

Banner

भारत, फागुन १८-

भारतीय राज्य उत्तराखण्डको चमोलीमा फेब्रुअरी २८ मा गएको हिमपहिरोमा फसेका ५४ मध्ये ४६ जनाको उद्धार गरिएको छ भने ४ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि हिमपहिरोमा बेपत्ता कामदारको संख्या ५५ ​​भनिएको थियो। तर शुक्रबार हिमाचल कांगडा निवासी सुनील कुमार कसैलाई जानकारी नदिई शिविरबाट आफ्नो गाउँ फर्किसकेको जानकारी परिवारले दिएपछि हिमपहिरोमा पर्नेको संख्या ५४ मात्र भएको हो। अब अझै ४ जना फेला पर्न बाँकी छ। त्यसैले तेस्रो दिन आइतबार पनि उद्धार जारी छ।

बेपत्ताहरूको खोजीमा ड्रोन तथा ६ वटा हेलिकप्टर पनि प्रयोग गरिएका छन्। घटनास्थलमा हिउँ खनेर बेपत्ता ४ कामदारको खोजी जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गत फेब्रुअरी २८ बिहान ७ः१५ बजे चमोलीको माना गाउँमा भीषण हिमपहिरो गएको थियो। जसले मोली(बद्रीनाथ राजमार्गमा रहेको कन्टेनर हाउसमा बसिरहेका सीमा सडक संगठन (बीआरओ)का कामदारलाई पुरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>