Breaking News

डोनाल्ड ट्रम्पसँगको बहसपछि बेलायत पुगे जेलेन्स्की,२.२६ अर्ब पाउण्डको सैन्य सहायतामा हस्ताक्षर

Banner

एजेन्सी,फागुन १८-

रुस-युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्को बहसपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बेलायतको समर्थन पाएका छन्।बेलायती प्रधानमन्त्री केयर स्टारमरले इङ्गल्याण्डको १० डाउनिङ स्ट्रिटमा भएको बैठकमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई बेलायतको पूर्ण समर्थनू रहेको बताएका छन्।

बेलायत आइपुगेपछि जेलेन्स्कीले केयर स्टारमरलाई उनी आफ्नो देशले यस्ता साथीहरू पाएकोमा खुसी भएको बताएका छन्। जेलेन्स्कीले यस युद्धमा आफ्नो साथ दिएकोमा बेलायतलाई धन्यवाद पनि दिएका छन्।  जेलेन्स्की र केयर स्टारमरले युक्रेनी सैन्य आपूर्तिको लागि २.२६ अर्ब पाउण्ड ऋणमा पनि हस्ताक्षर गरेका छन्।

यसअघि जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटेका थिए। दुई नेताहरूबीचको कुराकानी चर्को बहसमा परिणत भएको थियो। केयर स्टारमरले आइतबार युरोपेली नेताहरूको शिखर सम्मेलनको आयोजना गर्नेछन् जहाँ रूस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयासहरू साथै व्यापक युरोपेली सुरक्षाको बारेमा छलफल गरिने जनाइएको छ।

जेलेन्स्कीले बेलायतका राजा चार्ल्स तृतीयलाई पनि भेट्ने जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>